- संगालोखबर सम्बाददाता

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारतलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

खेलको २१ औं मिनेटमा प्लानिङ ब्वाइजका वेवोस साचुसेले गोल गर्दै टिमको खाता खोले । ३० औं मिनेटमा प्लानिङ ब्वाइजकै फागुराम थारुले अर्को गोल थप्दै टिमलाई २–० ले अग्रता दिलाए । दोस्रो हाफको १२ औं मिनेटमा राजेश शाहले गोल गर्दै प्लानिङ ब्वाइजलाई ३–० ले अगाडि बढाए ।

प्लानिङ ब्वाइजका खेलाडीले ६६ औं मिनेटमा डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कञ्चनजंगा फुटबल क्लबका सोमन लेप्चाले गोल गर्दै टिमको खाता खोले । प्लानिङ ब्वाइजका लागि खेलको ७५ औं मिनेटमा सञ्जीव लामा र ८८ औं मिनेटमा समिर थापाले गोल थपे । अतिरिक्त समयमा पुनः समिर थापाले गोल गर्दै प्लानिङ ब्वाइजलाई ६–१ गोल अन्तरले बिजयी गराउँन सफल भएका हुन् ।

प्लानिङ ब्वाइजका फागुराम थारु खेलको म्यान अफ दी म्याच घोषित भए । अब, शनिवार वीरगन्ज युनाइटेड र एपीएफ काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!