धनकुटा । वीरगञ्ज युनाइटेड धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज उपाधि नजिक पुगेको हो ।
खेलको २५ औं मिनेटमा क्याप्टेन जर्सी नं.११ का अमर डङ्गोलले गरेको एकमात्र गोल नै वीरगञ्जलाई फाइनल प्रवेश गराउँन पर्याप्त बन्यो । झापाले खेलमा निकै दवाव बढाएपनि गोल गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिएको छ ।
वीरगञ्ज युनाइटेडका गोलकर्ता डंगोल खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । अब, भोलि हुने फाइनल खेलमा प्रतियोगिताको उपाधिका लागि वीरगञ्जले प्लानिङ ब्वाइज क्लब काठमाडौंसँग भिड्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनल प्रवेश गरेको हो ।