- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आजबाट सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए ।

उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लब विराटनगरबीच खेल हुदैछ । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् ।

भारतको सिलिगुडीस्थित कञ्चनजंगा फुटबल क्लब, प्लानिङ ब्वाइज क्लब काठमाण्डौ, राष्ट्रिय जागृती फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब, एपीएफ काठमाण्डौ र वीरगञ्ज युनाइटेड पनि प्रतियोगितामा सहभागि छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!