- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

विराटनगर । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल बुधबार साँझ करिब ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी रतुवामाई–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको हो । छोरा २९ वर्षीय दिनेशकुमार साहले मोटरसाइकल चलाएका थिए, आमा मानकीदेवी मोटरसाइकलको पछाडि बसेकी थिइन् । अनियन्त्रित भएर मोटरसाइकल पल्टिँदा मानकीदेवी गम्भीर घाइते भएकी थिइन् ।

Advertisement

उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले जानकारी दिए । ‘उपचारका लागि गोल्डेन अस्पताल लगिदै थियो, लैजाने क्रममा बाटैमा मृत्यु भएछ,’ श्रेष्ठले संगालोखबरसँग भने, ‘अस्पताल पुर्याउँनासाथ डाक्टरले मृत घोषित गरे ।’

मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु हुँदा चालकलाई कारबाही हुने कानूनी व्यवस्था छ । सोही कारण छोरामाथि ज्यान मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइने ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!