- सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ट्राइबेकरमार्फत ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लब उपाधि नजिक पुगेको हो ।

Advertisement

निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइब्रेकरमा प्लानिङ ब्वाइजका जर्सी नम्बर ४ का रिसभ अधिकारी, जर्सी नम्बर १३ का लोकेश चौधरी, जर्सी नम्बर २ का राजेश शाह र जर्सी नम्बर २० का यो नेप्लेनले गोल गर्दै टिमलाई फाइनल प्रवेश गराएका हुन् ।

पेमा युवा क्लबका जर्सी नम्बर १६ का रिम, जर्सी नम्बर १० का यूनिक, जर्सी नम्बर १७ का विशाल क्षेत्री र जर्सी नम्बर १२ का सजिन थापा मगरले गोल गरेका छन् ।

प्लानिङ ब्वाइजका जर्सी नम्बर २३ का लोकेश चौधरी खेलको म्यान अफ दी म्याच घोषित भएका छन् । अब, सोमबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लब फाइनल प्रवेशका लागि भिड्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!