- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सहिद भीमनारायण गोल्डकपलाई धनकुटाको शान र गौरवका रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । धनकुटाको टुँडिखेलमा आयोजित भीमनारायण गोल्डकप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर तामाङले जिल्लाको शान र गौरव गर्न लायक प्रतियोगिताको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

भीमनारायण गोल्डकप धनकुटाको मुख्य प्रतियोगिताको रुपमा रहेको भन्दै उनले यसलाई अझै व्यवस्थित गरेर जिल्लावासीले गौरव गर्न सक्ने प्रतियोगिता बनाउनुपर्नेमा जोड दिए । ‘भीमनारायण गोल्डकप धनकुटाको मुख्य प्रतियोगिता हो, अरु सामान्य प्रतियोगिता जस्तो खेलाउँदा पनि हुने, नखेलाउँदा पनि हुने जस्तो गर्नु हुन्न,’ केही वर्ष प्रतियोगिता सञ्चालन नभएको विषयलाई लक्षित गर्दै मेयर तामाङले भने, ‘यसलाई अब नियमित गर्नुपर्छ, जिल्लाको सान र गौरवका रुपमा विकास गर्नुपर्छ ।’

यसअघि केही वर्ष गोल्डकप आयोजना नगरिएको प्रति आयोजकसँग गुनासो गर्दै उनले सबैको साथ सहयोगबाट पुनः प्रतियोगिता सञ्चालन गरिएको प्रति खुशी व्यक्त गरे ।

भीमनारायण गोल्डकपलाई धेरै पुरस्कार राशिको प्रतियोगिता बनाउँन सकिने भन्दै उनले त्यसका लागि लागिपर्न आयोजक समितिलाई सुझाव दिए । गोल्डकपलाई धनकुटा नगरपालिकाले सक्दो सहयोग गर्ने उनले बचन पनि दिए ।

अन्य पालिकाले पनि सहयोगमा कञ्जुस्याँइ गर्न नहुने तर्क गर्दै उनले सबैले सहयोग गरेमा भीमनारायण गोल्डकप सर्वाधिक राशिको प्रतियोगिता बन्न सक्ने सम्भावना देखाए ।

धनकुटा नगरपालिकाको मुख्य सहयोगमा सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुदैछ

सम्बन्धित समाचार…

धनकुटामा आजबाट भीमनारायण गोल्डकप, मेयर तामाङले उद्घाटन गर्ने

 

भीमनारायण गोल्डकप: आयोजक धनकुटालाई हराउँदै विराटनगरद्वारा विजयी सुरुवात

 

भीमनारायण गोल्डकपः सुनसरीलाई ट्राइबेकरमा हराउँदै झापा पुग्यो सेमिफाइनलमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!