- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ विभागले नर्सिङ दिवस विशेष कार्यक्रम गरेको हो ।

Advertisement

कार्यक्रममा नर्सिङ दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरूको मन जित्ने गरी सेवा गर्न नर्सहरूलाई सुझाव दिइन् ।

नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, नायब निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, नर्सिङ डाइरेक्टर रामेश्वरी सिंह, नर्सिङ प्रशासक कल्पना पोखरेल लगायतले पनि नर्सिङ दिवसको शुभकामना व्यक्त गरेका छन् ।

नोबेलमा कार्यरत नर्स, नर्सिङ पढ्दै गरेका विद्यार्थी, कर्मचारी लगायत कार्यक्रममा सहभागि थिए । नर्सिङ दिवसको अवसरमा हरेक वर्ष नोबेलमा बिभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

निजी क्षेत्रबाट सञ्चालित कोशी प्रदेशको सबैभन्दा ठूलो अस्पताल नोबेलमा करिब ६ सय नर्स कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!