- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको उपाधिका लागि आज प्लानिङ ब्वाइज क्लब काठमाडौं र वीरगञ्ज युनाइटेड भिड्दैछन् । धनकुटा टुँडिखेलमा दिउँसो ३ः४५ बजे हुने प्रतियोगिताको फाइनल खेलमा प्लानिङ ब्वाइज र वीरगञ्ज युनाइटेड आम्नेसाम्ने हुन लागेका हुन् ।

सेमिफाइनलमा झापा फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज फाइनल पुगेको हो । उसले क्वाटरफाइनलमा साविक विजेता सशस्त्र प्रहरीको एपीएफलाई ट्राइबेकरमा ४-१ गोलले हराएको थियो ।

यता, प्लानिङ ब्वाइजले सेमिफाइनलमा पेमा युवा क्लब विराटनगर र क्वाटरफाइनलमा भारतको सिलिगुडीस्थित कञ्चनजंघा फुटबल क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । उसले सेमिफाइनलमा पेमा युवा क्लबलाई ट्राइबेकरमार्फत ५–४ गोल अन्तरले पराजित गरेको थियो भने क्वाटरफाइनलमा सिलिगुडीलाई ६-१ गोलले पाखा लगाएको थियो ।

सहिद भिमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागि थिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!