- संगालोखबर सम्बाददाता


काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेपछि अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो । घटेको मूल्य मंगलबार राति १२ बजेबाट लागू हुनेछ ।

Advertisement

भारतीय आयल कर्पोरेसनले डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँ घटाएर पठाएको थियो । तर, निगमले पेट्रोलको मूल्य भने घटाएन । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य पनि यथावत राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!