सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ
विराटनगर । सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मङ्गलबार कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ बाट ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी रामधुनी नगरपालिका-३ का २३ वर्षीय मो. जाविर एक ग्राम १० मिलिग्राम ब्राउन सुगर र सप्तरी कञ्चनर...































