
विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ बाट प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब साढे २ बजे बेवारिसे अवस्थामा राखिएको बा १५ च ७६३३ नम्बरको गाडीबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पानमारा जङ्गल स्थित सेउती पुलबाट गाडीसहित चार सय १० किलो गाँजा बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
यसैगरी प्रहरी चौकी घुस्की सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले माघ २१ गते राति हरिनगर गाउँपालिका-६ बाट बेवारिसे अवस्थामा सुटकेसभित्र राखेको १९ किलो गाँजा बरामद गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













