१ अर्ब २६ करोडभन्दा बढीको कुचो निर्यात
विराटनगर । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो (कुचो) निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यसपटक बढी निकासी भएको जनाइएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष सोही अवधिमा ९४ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको कुचो भारत निकासी भएको थियो । नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने गरेको छ । २५ प्रतिशत...































