संगालोखबर


झापा । झापामा गोली चलाएर दुई लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ ।  कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा गएराति गोली प्रहार गरेर दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जर आलम र उनका भाइ १९ वर्षीय यूसुब आलामलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले रोक्न खोजेको थियो । तर नरोकी भागेपछि गोली चलाएर नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।  उनीहरूलाई नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गर्नुपरेको थियो ।

खुट्टामा गोली लागि घाइते भएका मोटरसाइकल चालक अन्जरको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । प्रहरीले उनीहरूको साथबाट ३० ग्राम छ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!