संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । मङ्गलबार कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ बाट ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरी रामधुनी नगरपालिका-३ का २३ वर्षीय मो. जाविर एक ग्राम १० मिलिग्राम ब्राउन सुगर र सप्तरी कञ्चनरूप नगरपालिका-७ का २२ वर्षीय विजय खड्का दुई ग्राम ६८ मिलिग्राम ब्राउन सुगर र नाइट्रोभेट १५ ट्याब्लेटसहित पक्राउ परेका छन् ।

Advertisement

यसैगरी सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१० का २४ वर्षीय रोहित मण्डल दुई ग्राम चार सय १० मिलिग्राम ब्राउन सुगर र उदयपुरको रौतामाई-७ का २८ वर्षीय पदम बहादुर मगर २० ग्राम चार सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

उनीहरूका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!