संगालोखबर


विराटनगर । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले तीन जना पत्रकारलाई सम्मान गरेको छ । आज कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले उनीहरूलाई सम्मान गरेका हुन् ।

१५ हजार राशीको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएको छ । यस्तै विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व सचिव धर्मराज ढकाललाई सम्मान गरिएको छ ।

Advertisement

पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरूको भूमिका विषयमा विद्यावारिधि र ढकालले नेपाली कटन उद्योगहरूमा कार्यरत मजदुरहरूको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिधि गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!