संगालोखबर


विराटनगर । विराटनगर-५ मा रहेको मदरल्याण्ड स्कुलले आयोजना गरेको भजन-कीर्तन प्रतियोगितामा पोखरियाको राम जानकी आमा समूह प्रथम भएको छ ।

सोमबार राति सम्पन्न भएको प्रतियोगितामा पञ्चेश्वर भजन कीर्तन मण्डली द्वितीय र लक्ष्मीनारायण भजन मण्डली तृतीय भए । प्रथम, द्वितीय र तृतीय क्रमशः २१ हजार, १६ हजार र १० हजार नगदसहित पुरस्कृत भएका थिए ।

Advertisement

प्रतियोगितामा चौथौ देखि छैटौँ हुनेलाई सान्त्वना पुरस्कार स्वरुप नगद चार हजार तथा सहभागि सबैलाई समूहलाई तीन हजार नगद पुरस्कार दिएको प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।

प्रतियोगिताको निर्णयकमा माधव शरण घिमिरे, सत्यनारायण चौधरी र मणिराज दाहाल रहेका थिए । प्रतियोगितामा विराटनगरका ३२ वटा भजन कीर्तन समूहको सहभागिता थियो । प्रतियोगिता सम्पन्न गर्न करिब एक लाख ३८ हजार खर्च भएको स्कुलले जनाएको छ ।

सोही अवसरमा ज्येष्ठ नागरिक तथा स्कुलका शिक्षक र कर्मचारीलाई सम्मान गरिएको थियो । सरस्वती पूजाको अवसरमा आयोजना गरिएको प्रतियोगिताका विजेतालाई प्रदेश सांसद भीम पराजुली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता गौतम र प्रिन्सिपल बुढाथोकीले पुरस्कृत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!