संगालोखबर

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैँचा नगरपालिका-६ दुलारीको पूर्वाञ्चल एकेडेमीले जितेका छन् ।

Advertisement

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राति सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गर्दै उपाधि जितेको हो । यस्तै कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकेडेमीले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित उपाधि जितेको हो ।

जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ काश्य पदकसहित सुन्दरहरैँचाको बाल प्रतिभा स्कुल दोस्रो भयो । २ स्वर्ण २ रजत र १ काश्य पदकसहित विराटनगरको ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भयो ।

यस्तै सिनियरतर्फ ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुन्दरहैँचराको ब्राइट फ्युचर स्कुल दोस्रो र २ स्वर्ण १ रजत र १ काश्य पदकसहित सिद्धार्थ स्कुल तेस्रो भयो ।

प्रतियोगिताको छात्रतर्फको उत्कृष्ट खेलाडीमा ग्यालेक्सी स्कुलका निरज चौधरी घोषित भए । त्यसैगरी छात्रातर्फको उत्कृष्ट खेलाडी विराटनगरको मदर टेरेसा स्कुलकी पूजा यादव घोषित भइन् ।

बिजेतालाई प्याब्सनका राष्ट्रिय निर्वतमान अध्यक्ष टिकाराम पुरी, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, मोरङ अध्यक्ष जगत बहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको स्पोर्ट्स मिटमा २५ भन्दा बढी विधाका खेलहरू समावेश गरिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!