
सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका–१७ बाट प्रहरीले गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । आज बिहान ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले एक सय एक किलो गाँजासहित कार नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरान-१७ स्थित विष्णुपादुका जाने सर्दु खोलाको पुल नजिक रोकिराखेको बा ९ च १७६८ नम्बरको कारमा गाँजा भेटिएको थियो । कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाँजा ओसार-पसारमा संलग्न व्यक्ति फरार छन् । उनीहरूको खोजतलास भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।