संगालोखबर

विराटनगर । गत माघ १२ गतेबाट सुरु भएको विराट एक्स्पो माघ २० मा सम्पन्न भएको छ । उद्योग सङ्गठन मोरङले आयोजना गरेको एक्स्पो दुई लाख बढीले अवलोकन गरे ।

Advertisement

एक्स्पोमा कक्षा ११ र १२ मा अध्ययनरत विभिन्न जिल्लाका तीन हजार विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी जानकारी गराइएको थियो । एक्स्पोमा विद्यार्थीहरूलाई कफी, पङ्खा, सिसिटिभी जडान र मर्मत गर्ने सम्बन्धी एक हजार तीन सय पाँच जनालाई तालिम उपलब्ध गराइएको थियो ।

एक्स्पोमा स्वदेश तथा विदेशका गरेर दुई सय ६८ वटा स्टल रहेका थिए । एक्स्पोका विषयमा हामीले उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीलाई केही प्रश्न सोधेका छौँ ।

१. एक्स्पोमा कति कारोबार भयो ?
कारोबारको लागि एक्स्पो आयोजना गरिएको हैन । मुख्य कुरा अहिले देशको जुन आर्थिक स्थिति छ, उद्योगी व्यवसायी पनि नैराश्यतामा छन्, त्यसलाई केही हदसम्म चलायमान बनाउनका लागि एक्स्पो आयोजना गरिएको थियो । यसमा हामीले विद्यार्थीहरूका लागि पनि धेरै कार्यक्रमहरू गरेका थियौँ । विद्यार्थीहरूले विभिन्न तालिमहरू लिन पाए । हामीले कारोबार गर्नको लागि एक्स्पो लगाएका हैनौँ । यो मेला भन्दा पनि मुख्य उद्योगी प्रर्दशनी हो । अहिलेको आर्थिक अवस्थालाई केही चलायमान बनाउने, आफ्ना उत्पादन उपभोक्तालाई देखाउने मुख्य उद्देश्य नै थियो ।

२. कति मानिसले एक्स्पो अवलोकन गरे ?
दुई लाखभन्दा बढी मानिसले एक्स्पोको अवलोकन गरे । किन्नेले सामान पनि किने । स्टलहरू धेरै थिए । स्वदेशी तथा विदेशी उत्पादन उपभोक्ताले अवलोकन गर्ने अवसर पाए ।

३. विगत भन्दा केही भिन्न पनि थियो । कत्तिको उपलब्धिमूलक भयो ?
उपभोक्ताले हेर्ने मौका पाए, उद्योगीले आफ्ना उत्पादन देखाउने मौका पाए । यो पनि एउटा उपलब्धि नै हो । ‘मेरो देश, मेरो उत्पादन’ भन्ने नाराका साथ आयोजना भएको एक्स्पो सफल भयो, उपलब्धिमूलक भयो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!