संगालोखबर


धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका-७ जीतपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्टरनेशनलले जितेको छ । आज वसन्त पञ्चमीको अवसरमा जनता माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा ग्लोबल युवा क्लबलाई हराउदै इन्टरनेशनल क्लबले उपाधि जितेको हो ।

स्थानीय विद्यालयसँगको खेलमा इन्टरनेशनलले ग्लोवललाई ३-२ को सेटले हराएको छ । भलिबल प्रतियोगिताको विजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ हात पारेको छ । उपविजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ पाएको छ ।

Advertisement

महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा माघ १८ गतेबाट सुरु भएको खुल्ला भलिबल प्रतियोगितामा देशका विभिन्न जिल्लाका गरी नौ क्लबहरू सहभागि भएका थिए । प्रतियोगिताका लागि महालक्ष्मी नगरपालिका तथा जिल्ला भलिबल सङ्घलगायत विभिन्न सङ्घसंस्थाले सहयोग गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!