
धनकुटा । धनकुटामा काठको गोलियाले किचेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो बाटोमाथिबाट सडकमा गोलिया झार्ने क्रममा वडा नम्बर ७ लोफादिनका २७ वर्षीय मौषम चेम्जोङको मृत्यु भएको हो ।
चौबिसे गाउँपालिका-८ बसन्तटारमा काठको गोलिया झार्ने क्रममा टाउकोमा चोट लागेर चेम्जोङ गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले संगालोखबरलाई जानकारी दिए ।