सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पुजा । धनकुटामा विद्याकी देवी सरस्वतीको विशेष पूजा-आरधना गरिएको छ । धनकुटा नगरपालिका-६ स्थित सल्लेरीमा रहेको सरस्वती मन्दिर, क्याम्पस तथा विद्यालयहरू धुमधामका साथ सरस्वतीको पूजा-आराधना गरिएको छ ।

Advertisement

सरस्वती मन्दिरमा बिहानै देखी विद्यार्थी तथा अन्य श्रद्धालु भक्तजनको घुइँचो छ । आजको दिन नुवाइधुवाइ गरि सफा कपडा लगाएर कलश स्थापना गरेर गणेश, विष्णु, शिव लगायत देवताहरूसहित सूर्यको अर्चना गर्दै सरस्वतीको उपासना गर्ने चलन रहेको छ । यस्तै सिर्जनाका औजारहरू कलम, मसी, कागज लगायतको पनि पूजा गर्ने गरिन्छ ।

यता धनकुटा बहुमुखी क्याम्पसमा पनि बिहानैदेखि विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले सरस्वतीको पूजा-आराधना गरिरहेका छन् ।  जिल्लाका विभिन्न सरकारी तथा निजी विद्यालयहरूमा पनि भव्यतापूर्वक सरस्वतीको पूजा-आराधना भइरहेको छ ।

सरस्वतीको पूजा-आराधनाका लागि विद्यालयहरू सजिसजाउ गरिएको छ । आज बालबालिकालाई अक्षरारम्भ गराउने गरिन्छ । आजकै दिनबाट वसन्त ऋतु सुरु हुने भएकाले क्रमशः जाडो घटेर न्यानो सुरु हुन्छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!