संगालोखबर


विराटनगर । उदयपुरमा प्याराग्लाइडिङ ल्यान्ड गर्ने क्रममा लडेर घाइते भएका जापानी नागरिकको मृत्यु भएको छ । बिहीबार दिउँसो बेलका नगरपालिका-८ बोक्ताङमा आफैँ प्याराग्लाइडिङ गरेर उडेका जापानी नागरिक ७२ वर्षीय काजी ताकासीको मृत्यु भएको हो ।

उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार उनी सोही स्थानको फुटबल ग्राउण्डमा ल्यान्ड गर्ने क्रममा अचानक लडेर घाइते भएका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

उनको शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको र पोष्टमार्टम पश्चात निजको श्रीमतीलाई शव बुझाइसकिएको एसपी योगीले संगालोखबरलाई जानकारी दिए । ताकासी सहित चार जनाको टोली नेपाल घुम्न आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको योगीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!