संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पाल्पाको तानसेन नगरपालिका-११ मा कोठाभाडा नदिएको भन्दै घरबेटीले डेरामा बस्नेको हत्या गरेका छन् । एक हजार चार सय रुपैयाँ कोठाभाडा नदिएको भन्दै ३१ वर्षीय घरबेटी माधव विष्टले भाडामा बस्ने ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् ।

विष्टले मादक पदार्थ सेवन गरेका र भाडा नदिएको विषयमा विवाद हुँदा हँसियाले हानेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । उनलाई कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत पाल्पाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!