संगालोखबर


विराटनगर । नेपाल औषधी व्यवसायी सङ्घ (एनसीडीए) कोशी प्रदेशको अध्यक्षमा विराटनगरका धनराज काफ्ले निर्वाचित भएका छन् । काफ्ले बिर्तामोडका नगेन्द्रप्रसाद बराललाई २१ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा झापाका सूर्यप्रसाद कोइराला विजयी भएका छन् । उनले विराटनगरका लक्ष्मीप्रसाद तिम्सिनालाई ३३ मतले पराजित गरेका हुन् । कोइरालाले ७८ मत प्राप्त गरेका छन् भने तिम्सिनाले ४५ मत प्राप्त गरे ।

Advertisement

यसैगरी थोक उपाध्यक्षमा विराटनगरका सुदिनध्वज श्रेष्ठ निर्वाचित भए । महासचिवमा विराटनगरका लक्ष्मण माझी चौधरी निर्वाचित हुँदा कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ विजयी भए ।

उप-कोषाध्यक्षमा झापाका सेवक दाहाल, सदस्यहरूमा शरद गौतम, खेमलाल काफ्ले, यामकुमार खड्का, बेदबहादुर थापा, तिलमाया काफ्ले, सुभास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान र प्रकाश धिमाल निर्वाचित भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!