संगालोखबर
फाइल तस्बिर

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङ्थापु स्थित गौंथली भीरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक याङवरक–१ टिम्बुरे घर भएका २७ वर्षीय दिनेश चौहानको मृत्यु भएको हो ।

आज बिहान मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहले जानकारी दिए ।

Advertisement

‘घटनास्थल टाढा छ । हामी फिदिमबाट घटनास्थलतर्फ जाँदै छौँ । पुग्न अझै केही समय लाग्छ’, उनले संगालोखबरसँग भने, ‘घटनास्थलमा पुगेपछि कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टमका लागि पठाउँछौँ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!