विराटनगर । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि चौथो संस्करणको विराट एक्स्पो सुरु हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको एक्स्पो आगामी फागुन १० गतेसम्म संचालन हुनेछ ।
सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिएको संयोजक भोलेश्वर दुलालले जानकारी दिए । आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो ।
यसअघि ०६६, ०७३ र ०७६ मा आयोजना गरिएको एक्स्पोबाट भएको आम्दानीले २ वटा सार्वजनिक शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा रहेको, २ वटा निर्माणको अन्तिम चरणमा रहेको र अन्य ४ वटा निर्माणका लागि एक्स्पो आयोजना गरिएको उनले जानकारी दिए ।
सुन्दरहरैँचा औद्योगिक प्रर्दशनी केन्द्र विराटचोकमा हुने एक्स्पोमा एक सय ९४ वटा स्टल रहने संघका अध्यक्ष नारायण कार्कीले बताए । एक्स्पोमा बिजनेसका एक सय १४, एग्रिकल्चरका ४०, अटोमोबाइलका १५ र होटलका १६ वटा स्टल रहने छन् ।
कृषि, उद्योग तथा पर्यटन लगायतका आर्थिक एवं औद्योगिक कृयाकलापको अभिवृद्धि गर्ने र नवीनतम् ज्ञान तथा नवप्रवर्द्धनको खोजी गरि दिगो स्वरोजगारी सृजना गर्ने एक्स्पोको उद्देश्य रहेको अध्यक्ष कार्कीले बताए ।