संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव-२०८१ आयोजना गर्ने भएको छ । आज बसेको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गतेसम्म खेल महोत्सव गर्ने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए । महोत्सव आयोजना गर्न मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सव अन्तर्गत प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्ट टेनिस र डोरीतान लगायतका प्रतियोगिता समावेश गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!