संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-८ आमडाँडामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । स्थानीय दलबहादुर मगरको घरमा विवाहको निम्तो मान्न आएका सोही स्थानका २१ वर्षीय छवि मगरमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार सोही स्थानका २१ वर्षीय विपिन थापाले अत्यधिक मदिरा सेवन गरेर खुकुरी प्रहार गरेका थिए । मगरको दाँया हातको माझी औंलाको पछाडि र बायाँ हातको बूढी औँलाको कापमा काटेको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी सहायक निरीक्षक कृष्ण कुमार माझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खुकुरीसहित थापालाई नियन्त्रणमा लिएको छ । घाइते मगरको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!