नम्रता न्यौपाने/संगालोखबर


विराटनगर ।  विराटनगर-१५ स्थित गौतम बुद्ध स्कूल नजिकै रहेको खाली मैदानमा लालीगुराँस स्पोटिङ क्बलको आयोजनामा रानी मिनी महोत्सव हुने भएको छ । माघ २९ देखी फागुन २७ गते सम्म महोत्सव हुन लागेको हो  ।

महोत्सवमा खाद्य र मनोरञ्जनसहित सात वटा स्टल रहने महोत्सवका सल्लाहकार मिलन थापाले जानकारी दिए । बालबालिकाको खेलकुद सक्रियता अभिवृद्धि गर्न तथा निःशुल्क प्रशिक्षण प्रदान गर्न महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

Advertisement

यसैगरी स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको लालीगुराँस स्पोटिङ क्बलका सचिव रोशन ठकुरीले जानकारी दिए ।

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकाहरूको प्रस्तुती रहने छ । महोत्सवको दैनिक एक हजार बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।  महोत्सवको टिकटदर भने खुलाइएको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!