संगालोखबर


विराटनगर । मोरङमा अनलाइन नागरिकता सिफारिस प्रणालीको शुभारम्भ गरिएको छ । आजबाट मोरङका १७ वटा स्थानीय तहका एक सय ५९ वडाबाट अनलाइन प्रविधिको प्रयोग गरेर नागरिकता सिफारिस गर्न सकिने छ ।

सरकारले नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ (सेन्टरलाइजेज सीटीजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) नामक ‘सफ्टेवयर’ बनाएको छ । त्यही ‘सफ्टवेर’ मा अभिलेख भएको विवरणका आधारमा नागरिकता ‘प्रिन्ट’ गरेर जारी गरिन्छ ।

Advertisement

मोरङमा पनि ‘सीसीआईएमएस सफ्टवेयर’ प्रयोग गरेर नागरिकताको सिफारिसलाई अनलाइन प्रणालीमा लगिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अनलाइन सिफारिस गर्दा सेवाग्राहीलाई पनि सहज हुने प्रजिअ यादवको भनाइ छ ।

यसअघि वडा कार्यालयले अनुसूची सिफारिस गरेर नागरिकताका लागि जिल्ला प्रशासनमा पठाउनु पर्दथ्यो। वडाले भरेर पठाएको अनुसूचीलाई प्रशासनले प्रमाणीकरण गरी सम्बन्धित व्यक्तिको सनाखत गराएपछि ‘सफ्टवेयर’ मा विवरण ‘इन्ट्री’ गरेर मात्रै नागरिकता जारी हुन्थ्यो । अब वडाबाटै ‘सफ्टवेयर’ मा विवरण भर्ने सकिने भएको हो ।

‘नागरिकले सबै विवरण वडा कार्यालयबाटै ‘इन्ट्री’ गर्न सक्नुहुन्छ’, शुभारम्भ कार्यक्रममा बोल्दै प्रजिअ यादवले भने, ‘वडाबाट वके भइसकेपछि अटोमेटिक प्रशासन कार्यालयमा विवरण आउँछ । यसले नागरिकता वितरण प्रक्रियालाई छिटो र सरल बनाउँछ ।’

सेवाग्राहीका विवरणसहितको कागजात ‘स्क्यान’ गरी ‘अपलोड’ गरेपछि अनुसूची ‘प्रिन्ट’ गरेर वडाध्यक्षले हस्ताक्षर गर्ने छन् । यो सेवाको सुरुवातसँगै नागरिकको समयको बचत हुने प्रजिअ यादवले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!