संगालोखबर

विराटनगर । इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर सङ्गीता कुमारी चौधरीले लगाएको ताला फोडिएको छ । उपमेयर चौधरीको नेतृत्वमा गत माग ११ गते प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा लगाइएको ताला मेयर हेमकर्ण पौडेलको निर्देशनमा फोडिएको हो ।

Advertisement

कर्मचारी सरुवा गर्दा सहमति नगरेको, सरुवा भएका कर्मचारीहरूको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै उपमेयर चौधरीसहित जनप्रतिनिधिहरूले ताला लगाएका थिए ।

कार्यकक्षमा तालाबन्दी गरिएपछि कर्मचारीहरूले ४८ घण्टाभित्र माफी माग्नुपर्ने बताएका थिए । तर अहिलेसम्म विवाद टुङ्गिएको छैन । कर्मचारी सरुवाको विषयलाई उपमेयर चौधरीसहित जनप्रतिनिधि आक्रोशित भएका थिए ।

गत माघ ३ गते कार्यवाहक मेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सुरुवाको निर्णय उल्टाएको थियो । मेयर पौडेलले चौधरीलाई कार्यवाहक प्रमुख तोकेर आफू भारत गएको समयमा चौधरीले प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

मेयर पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपमेयरसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो । तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन ।’

पालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्य र एकआपसको आत्मसम्मानसहित सेवाग्राहीलाई सेवा दिनुपर्ने भएपनि तालाबन्दीका कारण काम ठप्प भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दैनिक कामकाजमा समस्या भएपछि ताला फोडिएको विज्ञप्ति मार्फत जनाइएको छ ।

उपमेयर चौधरीसहित जनप्रतिनिधिले आज पनि उक्त विषयमा छलफल गर्ने तयारी गरेका छन् । छलफलबाट सहमति नजुटे मेयर कै कार्यकक्षमा ताला लगाउने उनीहरूको तयारी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!