नम्रता न्यौपाने/संगालोखबर

विराटनगर । शिक्षादीप कलेज विराटनगरका विद्यार्थीले वार्तालाप गर्ने रोबर्ट बनाएका छन् । ६ दिने कार्यशालामा विद्यार्थीले कन्भर्सेसन गर्ने रोबर्ट बनाएका हुन । रोबर्टसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्तालाप गरेका छन् ।

शिक्षादीप कलेजले कोड हिमालय र द स्क्वास चेन्ज मेकरसँगको प्राविधिक सहयोगमा विद्यार्थीका लागि आयोजना गरेको ६ दिने रोबोटिक्स खगोल विज्ञान उड्यन र आईटी कार्यशालामा विद्यार्थीले बनाएका रिमोटबाट उड्ने प्लेन, स्याटलाइट, रोबर्ट र ड्रोनको आज प्रदर्शनी गरिएको हो ।

विद्यार्थीले ६ दिनमा कन्भर्सेसन गर्ने ठुलो रोबर्ट बनाएको द स्क्वास चेन्ज मेकरका सीईओ सुशीलदेव भट्टराईले जानकारी दिए । कार्यशालाको समापनमा आज प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीप कलेजलाई नेपालकै ठुलो कलेज बनाउने उद्देश्य रहेको बताए ।

विराटनगरका बोर्डिङ स्कुल तथा कलेजका प्रिन्सिपलहरू सहितको कार्यक्रममा खड्काले राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार लगातार ४ वर्षदेखि विद्यार्थी भर्नामा शिक्षादीप कलेज एक नम्बरमा रहेको दाबी गरे ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहको सरकारले विद्यार्थीहरूका नयाँ आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरेमा राष्ट्रिय पुँजीमा टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कोशी प्रदेश सभाका सांसद एवं शिक्षादीप कलेजका अध्यक्ष भीम पराजुली, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय एसोसिएसन नेपाल (हिसान) का केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!