संगालोखबर
फाइल तस्बिर

विराटनगर । झापाबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी सिन्धुलीमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सिन्धुली प्रहरीका अनुसार आज बिहान विपी राजमार्ग स्थित गोलञ्जोर गाउँपालिका-५ मा बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको इभी दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा चालक दोलखाको गौरीशङ्कर गाउँपालिकाका २७ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले संगालोखबरलाई जानकारी दिए ।

दुर्घटनामा इलामको देउमाई-८ का ५३ वर्षीय सनबहादुर तामाङ, मोरङको लेटाङ-२ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौंको कागेश्वरी मनोहरा गाउँपालिका-५ की २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोका र झापाको बाह्रदशी गाउँपालिका-१ का २७ वर्षीय तिस्कु मण्डल घाइते भएका छन् ।

सडकबाट करिब चार सय मिटर तल खसेको गाडी पूर्णरूपमा क्षति भएको छ । घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको खड्काले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!