कोशीका केही क्षेत्रमा रातिदेखि वर्षा, भारी वर्षाको पनि सम्भावना
विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा रातिदेखि वर्षा भइरहेको छ । कतिपय क्षेत्रमा हिजो दिनभरजसो पनि पानी परेको थियो । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो झरेर सडक अवरुद्ध बनेको छ । पाँचथर, इलामलगायत स्थानका केही सडक पहिरोका कारण अवरुद्ध बनेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर...





























