प्रहरीमा जागिर लगाइदिने भन्दै ठग्ने कटहरीका एकजना पक्राउ
विराटनगर । प्रहरी सेवामा जागिर लगाइदिने भन्दै युवाहरुबाट रकम लिएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ का ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पासवानले कटहरी–५ का सम्पतलाल झागडका छोरा राजकुमारलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भनेर ठगेको पाइएको छ ...




























