संगालोखबर
फाइल तस्बिर

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर आन्दोलन गर्दा पक्राउ परेका सबै जना रिहा भएका छन् । यसरी रिहा हुनेमा झापाबाट ८, सुनसरीबाट ६ र ताप्लेजुङका तीनसहित १७ जना छन् । उनीहरू बुधबार साँझ रिहा भएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले पक्राउ परेका सबै जना रिहा भएका पुष्टि गरे । ‘ताप्लेजुङका तीन जनालाई धरौटीमा छाडिएको छ’, उनले संगालोखबरसँग भने, ‘अन्य १४ जना साधारण तारेखमा छुटेका छन् ।’

Advertisement

ताप्लेजुङबाट पक्राउ परेका प्रदीप मादेन १० हजार तथा लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू पाँच-पाँच हजार धरौटी बुझाएर छुटेका हुन् । गत माघ १२ गते पाथीभरामा केबुलकार बनाउन नहुने माग गर्दै विरोध प्रदर्शन भएको थियो ।

सो क्रममा प्रहरीसँग भएको झडपमा तीन जना गम्भीर घाइते भएका थिए । त्यसपछि उनीहरूले अनिश्चितकालीन यातायात बन्दसँगै अरुण पूर्वका नौ जिल्ला बन्द गरेका थिए ।

माघ २२ गते सरकार र आन्दोलनरत पक्षबीच छ बुँदे सहमति भएको थियो । सोही अनुसार आन्दोलन स्थगित भएको छ भने पक्राउ परेकाहरूलाई पनि छाडिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!