विराटनगर । नोबेल क्यान्सर अस्पताल विराटनगर र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रम गरिएको छ । फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवसको अवसरमा कार्यक्रम गरिएको हो । मङ्गलबार बिहान नोबेलबाट सहिद रंगशालासम्म पाँच किलोमिटर दौड आयोजना गरिएको थियो । जसमा केन्याका नागरिक प्रथम भएका थिए ।
यसैगरी विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उपस्थितिमा क्यान्सर सम्बन्धी सचेतनामूलक र्याली गरिएको थियो । र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
यसैगरी स्लो साइक्लिङ तथा पारा साइक्लिङ प्रतियोगिता गरिएको थियो । साँझ अबेरसम्म कार्यक्रमहरू भएका थिए । विभिन्न प्रतियोगिताका विजेतालाई सांस्कृतिक कार्यक्रमसँगै पुरस्कृत गरिएको थियो ।
पाँच किलोमिटर दौडको कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए । उनले क्यान्सर रोगका कारण धेरैले ज्यान गुमाइरहेको अवस्थामा यसको न्यूनिकरण गर्न सचेतना फैलाउनुपर्ने बताए ।
कार्यक्रममा लायन्सका गर्भनर विकास अधिकारी, लायन्स इन्द्र खत्री, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका निर्देशक प्रा. डा. राजेश नेपाल, उप-निर्देशक डा. मुक्ति आचार्य, प्राचार्य प्रा. डा. राम हरि घिमिरे र सह-प्रधानाध्यापक डा. ऋतु शर्मा बरालको उपस्थिति रहेको थियो ।
यस्तै क्यान्सर उप-निर्देशक डा. प्रदीप भण्डारी, महाप्रबन्धक दिपेश राई, नर्सिङ निर्देशक गङ्गा अधिकारी, स्त्री तथा प्रसूति विभाग प्रमुख डा. गेहनाथ बराल, एनेस्थेसिया विभाग प्रमुख डा. वन्दना पौडेल लगायत सहभागि थिए ।