संगालोखबर


विराटनगर । बराहक्षेत्र सम्पर्क समाज विराटनगरले वार्षिक कार्यक्रमसँगै विभिन्न चार वटा उपसमिति गठन गरेको छ । मोरङको कटहरी स्थित गोपाल फनपार्कमा पारिवारिक मिलन तथा बनभोज कार्यक्रम गर्दै आगामी वर्षका लागि उपसमिति गठन गरेको हो ।

बराहक्षेत्र नगरपालिका भित्र रहेको तत्कालीन बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गरी पाँच गाविसमा जन्मेर विराटनगर र आसपास बसोबास गर्नेहरू सम्पर्क समाजमा जोडिएका छन् । कार्यक्रममा एक सय २० घरका दुई सय ६० जना सदस्यहरू सहभागी भएका थिए ।

Advertisement

समाजले २०७४ सालदेखि बिभिन्न कार्यक्रम गर्दै आएको छ । आगामी वर्षदेखि थप कार्यक्रम गर्न उपसमिति गठन गरिएको अध्यक्ष अबिजाल विष्टले बताए । तीज कार्यक्रम गर्न विराटनगर-४ निवासी मन्जु बरालको संयोजकत्व ७ सदस्य उपसमिति बनेको छ ।

यसैगरी विभिन्न मन्त्रालय र पालिकाहरूमा समन्वय र प्रस्तावना पेश गर्नका लागि अध्यक्ष विष्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति बनेको छ । सोही अवसरमा २५ जना अग्रज व्यक्तिहरूलाई सम्मान गरिएको थियो । यस्तै वार्षिक आय-व्यय पनि प्रस्तुत गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!