संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका-३ घुमाउने चौतारास्थित सडक खण्डमा प्रदेश १-०२-०४९ प ३३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सोही नगरपालिका-२ का २१ वर्षीय रूपेश मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!