संगालोखबर


विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ । २० औं वार्षिकोत्सवमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधामा पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले एक लाख ५१ हजार नगद राशीको धर्मानन्द-रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार साहित्यकार चूडामणि बन्धुलाई प्रदान गरेको छ । जनही ५१ हजार राशीको बालकिशन-नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रतिनिधिसभाकी उप-सभामुख इन्दिरा राना मगर (झापा) लाई प्रदान गरेको छ ।

Advertisement

यस्तै जनही ५१ हजार राशीकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र-शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र-योगमाया-भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ-मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको छ ।

यसै वर्षदेखि वितरण गर्न थालिएको एक लाख एक हजार राशीको जगतबन्धु-अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार महाकाव्यकार सोमराज अभयलाई प्रदान गरियो । महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख प्रा.डा. बाबुराम तिम्सिना, आयोजक संस्थाकी अध्यक्ष गङ्गा सुवेदी, पुरस्कारका संस्थापक दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनिगोपाल मुन्दडा, अञ्जु कार्की, सरला चापागाईंलगायतले उनीहरूलाई पुरस्कृत गरेका थिए ।

प्रतिष्ठानले स्थापनादेखि नै विभिन्न साहित्यिक, सांस्कृतिक र धार्मिक गतिविधि गर्दै आएको छ । हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम, मकालु टेलिभिजनबाट चेतना प्रवाह, त्रैमासिक रूपमा चेतना सन्देश पत्रिका प्रकाशन गरेर प्रतिष्ठानका गतिविधिलाई व्यापक बनाउँदै लगेको आयोजक संस्थाकी अध्यक्ष सुवेदीले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!