संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-३ मा एक पुरुष घरभित्रै मृत फेला परेका छन् । आज बिहान ४५ वर्षीय सरोज पोखरेल आफ्नै घरको कोठाभित्र मृत फेला परेका हुन् ।

बुधबार राति खाना खाएर सुतेका उनी अबेरसम्म नउठेपछि परिवारका सदस्यले बोलाएका थिए । उनी नबोलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली पुगेर हेर्दा उनी ओछ्यानमा नै मृत भेटिएका हुन् ।

Advertisement

उनको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!