
विराटनगर । इलाममा कुटपिटबाट घाइते भएका एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका-९ गोलबस्तीका ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माघ २४ गते साँझ सुनुवारलाई साथीहरूले कुटेका थिए । कुटपिटबाट घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
शनिबार थप उपचारका लागि झापा ल्याउने क्रममा कन्याममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईले जानकारी दिए । शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको राईले संगालोखबरलाई जानकारी दिए ।
पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने उनको भनाइ छ । कुटपिटमा संलग्न दुई जना फरार रहेकाले खोजी कार्य तीब्र पारिएको डीएसपी राईले जानकारी दिए । कुटपिटको कारण खुल्न बाँकी छ ।