संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापाको एक होटलमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । हल्दीबारी गाउँपालिका-१ गोलधाप का ३० वर्षीय सागर बेस्राको मृत्यु भएको हो ।

बिहीबार राति ११ बजे बिर्तामोड नगरपालिका-४ स्थित एभरेस्ट होटल एण्ड लजमा युवक बेहोस अवस्थामा भेटिएका थिए । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार उनको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

उनी केटी साथी सुनसरी धरान उप-महानगरपालिका-१५ घर भई कनकाई नगरपालिका-७ दुर्गापुर बस्दै आएकी २३ वर्षीया मुना विकसँग बसेका थिए ।

‘राति खाना खाएर सुतेका रहेछन् । बेस्रा सुतेको कोठा भित्र बाथरुमको ढोका छेउमा लडेर बेहोस भएछन्’, डीएसपी चन्दले संगालोखबरसँग भने, ‘केटी साथी र होटल सञ्चालकले उपचारका लागि लिएर गएछन् । चिकित्सकले राति साढे १ बजे मृत घोषणा गरे ।’

बिक र होटल सञ्चालक बिर्तामोड नगरपालिका-५ की ४८ वर्षीय याम कुमारी उप्रेतीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!