
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ छिन्ताङको श्रीवानी स्थित कार्की खोलामा एक जनाको शव फेला परेको छ । पहेँलो भेस्ट र निलो जिन्स पेन्ट लगाएका पुरुषको शव अर्ध घोप्टो परेको अवस्थामा शनिबार दिउँसो फेला परेको हो ।
अन्दाजी ४५/५० वर्षको पुरुषको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । घटनास्थलमा सम्पूर्ण प्रक्रिया पूरा गरेर शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।
‘१५ गतेतिर एक दम्पती गाउँमा काम गर्न आएको र दुवैले मादक पदार्थ सेवन गरेको र १७ गते एक जना मान्छे हराएको, श्रीमती पनि हराएको भनेर अपुष्ट खालको गाउँमा हल्ला छ’, खड्काले संगालोखबरसँग भने, ‘तीनै हुन की भनेर खोज्ने काम भइरहेको छ । श्रीमतीको नम्बर पनि कसैसँग रहेनछ । पहिचान गर्ने काम भइरहेको छ ।’