धनकुटामा यसरी पर्यो चट्याङ (फोटो फिचरसहित)
धनकुटा सदरमुकाममा शनिवार बिहान केही समय घाम लागेपनि त्यसपछि आकास धुम्मियो । बिहान करिव ११ बजेबाट फाटफुट बर्षा सुरु भयो । बर्षासँगै मेघ गर्जिरहेको थियो । त्यत्तीकैमा बजार नजिकै चट्याङ्ग बज्रियो । ‘आकास गड्याङ्गगुडुङ्ग गरेर पानी पर्न थाल्दै थियो ।’ स्थानीय निजामति आवासीय बिद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले भने ‘त्यत्तीकैमा एक्कासी आकासबाट आगोको मुस्लो जस्तो आएर स्कुल छेउको सल्लाको रुखमा खस्यो ...
