- धनुका कटेल/संगालोखबर

धनकुटा । धनकुटाको भेडेटार बजार नजिक आईतवार बिहान गुड्दै गरेको मोटरसाईकलमा सल बेरिदा लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.६ प.८६७५ नम्बरको मोटरसाईकलमा सवार उदयपुर बेलटार–१ की ३१ बर्षिय सुकुना श्रेष्ठको लडेर मृत्यु भएको हो ।

Advertisement

पछाडीको चक्कामा सल बेरिएपछि श्रेष्ठ गुड्दै गरेको मोटरसाईकलबाट खसेकी थिईन् । मोटरसाईकलबाट झरेर गंभीर घाईते भएकी श्रेष्ठलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको धरान प्रहरीले जनाएको छ । मृतकको सवलाई पोष्टमार्टमका लागि वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!