देबराज राई/संगालोखबर

उदयपुर । लक्ष्मी विकास बैंक शाखा कार्यालय गाईघाटका सुरक्षा गार्ड सुतेकै अवस्थामा आईतवार मृत भेटिएका छन् । शाखा स्थापनाकालदेखि नै बैकको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएका ४६ वर्षीय बलबहादुर राई मृत भेटिएका हुन ।

सुतेकै ठाउँमा मृत भेटिएका सुरक्षा गार्ड । तस्वीर: देवराज राई/संगालोखबर

बैंकसँगै रहेको सुत्ने कोठामा उनी बिहान साढे ६ बजे मृत्त अवस्थामा भेटिएका थिए । घटनास्थलमा प्रहरी मुचुल्कापछि लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।

Advertisement
सुतेकै ठाउँमा मृत भेटिएका सुरक्षा गार्ड । तस्वीर: देवराज राई/संगालोखबर

पोष्टमार्टमपछि आईतवार नै शव परिवारलाई बुझाईने प्रहरीले जनाएको छ । हृदयघाटबाट राईको मृत्यु भएको अनुमान गरिएको छ । उनका श्रीमतीसहित दुईछोरा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!