वाईराज विष्ट/संगालोखबर

भोजपुर । भोजपुर नगरपालिकाको भवन निर्माणमा लापरबाही देखिएको छ । भवन निर्माणको सम्झौता अवधी सकिनै लाग्दा २५ प्रतिसत मात्र काम पुरा भएको छ । भवन निर्माण सम्पन्न गर्नुपर्ने अवधी सकिन अव १० दिन मात्र बाँकी छ ।

१८ महिनाको अवधिमा भवनको जग पनि पुरा भएको छैन । ०७२ असोज ९ बाट शुरु गरेर ०७३ चैत्र २४ गते भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर, निर्माणमा लापरबाहीका कारण सम्झौता पुरा नहुँने देखिएको हो । शानिवारे हटिया लाग्ने गरेको ठाउँमा नगरपालिकाले आफ्नो जग्गा परेको भन्दैे भवन निर्माण गरिरहेको थियो ।

Advertisement
भोजपुर नगरपालिकाको निर्माणाधिन भवन । तस्वीर: वाईराज विष्ट/संगाालोखबर

वजारलाई हटाएर भवन निर्माण गरेको भन्दै स्थानीयबासीले गुनासो गरेपछि नगरपालिकाले तत्कालै भवन निर्माण सकेर वजारलाई व्यावस्थापन गर्ने आश्वासन दिएको थियो । तर, सम्झौता अनरुप काम नहुँदा भवनको काम पनि लथालिंग र हटिया पनि व्यावस्थित हुन सकेन ।

भवन निर्माणमा ढिलाई हुँदा सडकमा सामान राखेर किन–वेच गर्नुपर्ने बाध्यता रहेको सर्वसाधरणको गुनासो छ । ‘यो कामको गति हेर्दा भवन वन्न दशौ वर्ष लाग्छ जस्तो छ, यस्तै हो भने कसरी बजार ब्यवस्थापन हुन्छ ।’ स्थानीय घनश्याम घर्तीले भने ‘नगरपालिको काम यस्तो हुन्छ भने के विकासको आशा गर्नु ।’

ठेकेदारको लापरबाहीका कारण कामले गति लिन नसकेको भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण वहादुर कार्कीले वताए । उनले भने ‘सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारको चित वुझ्दो जवाफ आयो भने म्याद थप्ने तयारीमा छौ ।’ सम्झौता म्याद थपेर भएपनि काम पुरा गर्नेगरी नगरपालिकाले तयारी गरेको हो ।

भोजपुर नगरपालिकाको निर्माणाधिन भवन । तस्वीर: वाईराज विष्ट/संगाालोखबर

यता निर्माण ब्यावसायीले भने नाकावन्दी र वर्षाका कारण समयमा सामान धुवानी गर्न नसक्दा निर्माणमा ढिलाई भएको प्रतिक्रिया दिएका छन । एम एस वासिस्, इन्जिनेरिङ्ग, विल्डर्सलले निर्माण जिम्मा लिएको उक्त भवनको निर्माण लागत १ करोड ७७ लाख ६ हजार ९ सय ३८ रुपैया रहेको छ ।

निर्माण कम्पनीले सञ्चालन खर्च वापत ३३ लाख रुपैया लिईसकेको छ । यसअघि नगरपालिकाको भवन निर्माण वापतको ६७ लाख रकम गत आर्थिक बर्षमा पनि फ्रिज भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!