धनुका कटेल/संगालोखबर

धनकुटा । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ बुधवार (आज) देखि ६२ औं बर्षमा प्रवेश गरेको छ । पत्रकारहरुले देशभर बिभिन्न कार्यक्रम गरेर महासंघको स्थापना दिवस मनाउँदैछन ।

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बिज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र विष्टले प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मक रुपमा कमी आएपनि प्रबृत्तिगत अवस्था उस्तै रहेको बताएका छन् ।

Advertisement

धनकुटामा पत्रकारहरुद्धारा प्रभातफेरी

यसैवीच पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आज बिहान धनकुटामा पत्रकारहरुले प्रभातफेरी निकालेका छन । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी वीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेर सम्पन्न भएको थियो ।

स्थापना दिवसको अवसरमा धनकुटामा अयोजित प्रभातफेरी । तस्वीर-संगालोखबर

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा भएको प्रभातफेरीमा धनकुटामा क्रियासिल पत्रकारहरु सहभागि थिए ।

प्रभातफेरी पश्चात मदनचौकमा आयोजित कोणसभामा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले सवै पत्रकारहरुमा स्थापना दिवसको शुभकामना ब्याक्त गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको हकहितका लागि महासंघ सदैव सक्रिय रहने बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!