- वाईराज बिष्ट/संगालोखबर

भोजपुर । भोजपुरका सवै सामुदायिक विद्यालयमा चैत्र अन्तिम भित्रै पाठ्यपुस्तक पुग्ने भएको छ । पाठ्यपुस्तक वितरणका लागि जिल्लामा तोकिएका पुस्तक विक्रेताहरुले पुस्तक ल्याई सकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Advertisement

जिल्लाभरका ३ सय ८६ सामुदायिक विद्यालयको खातामा जिल्ला शिक्षा कार्यालयले पुस्तक खरिदका लागि १ करोड ३ लाख ८८ हजार ८ रकम निकासा गरेको छ । शैक्षिक शत्र शुरु हुन लागेको अवस्थामा विद्यार्थीलाई पुस्तकको कारण समस्या नहोस भनेर समयमै पुस्तक विद्यालयमा लाने तयारी भईरहेको शिक्षा कार्यालयले जनाएको छ ।

भोजपुरका कक्षा १ देखि १० सम्मका ४१ हजार ३ सय ९४ जना विद्यार्थीलाई पुस्तक वितरण गरिने छ । जिल्ला पाठ्यक्रम समन्वय समिति र पाठ्यपुस्तक अनुगमन समितिको वैठकले सवै विद्यालयमा जसरी पनि समयमै पुस्तक पुु¥याउन निर्देशन दिएको जिल्ला शिक्षा कार्यालय भोजपुरका शाखा अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए ।

माग अनुसारका पुस्तकहरु धमाधम विद्यालयहरुमा पठाउँने काम भईरहेको स्थानीय पाण्डे पुस्तक पसलका सञ्चालक मोहन पाण्डेले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!